
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरूलाई विभिन्न जातको फलफूलको बिरुवा वितरण गरेको छ । शनिबार र आइतबार मानपुरटपरा बर्दिया, राजापुर बर्दिया, नयाँगाउँ बर्दिया र शान्तिबजार शाखा बर्दियाअन्तर्गतका पाँचजना समूह सदस्यहरूलाई दुई–दुईवटाको दरले एक हजार बिरुवा वितरण गरिएको हो ।
आँप, लिची, अम्बा, ड्रागन फ्रुट, कागती आदि फलफूलको बिरुवा शाखागत रूपमा औपचारिक कार्यक्रमको आयोजना गरी वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहितले वितरण गरेका हुन् ।
बिरुवा वितरण गर्नुभन्दा पहिला फलफूलको जातअनुसार रोप्ने तरिका, स्याहार गर्ने तरिका, गोडमेल गर्ने तरिकालगायतको विधि प्रक्रियाबारे सदस्यहरूलाई सिकाइएको थियो । युनिक वित्तीय संस्थाले आफ्न ग्राहक सदस्यहरूलाई बर्सेनि फलफूलको बिरुवा वितरण गर्दै आइरहेको छ ।