१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी रावा बैंकमार्फत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४३:oo

 हिमाल रेमिटको  रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बैंक र हिमाल रेमिटबीच विश्वका जुनसुकै देशबाट हिमाल रेमिटमार्फत आएको वैदेशिक रेमिट्यान्स राष्ट्रिय वाणिज्य वैंकबाट भुक्तानी हुने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका विभागीय प्रमुख ऋषिराम ढकाल र रेमिटका प्रिन्सिपल एजेन्ट सिएफएस रेमिट प्रालिका प्रमुख कार्यकारी अधिकृत बबी शर्माले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका दुई सय ८४ वटै शाखाबाट हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी हुने बैंकले जनाएको छ । सम्झौताले बैंकका ग्राहक तथा अन्य वैदेशिक रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई नेपालमा रेमिट्यान्स प्राप्त गर्न सहज हुने बैंकले अपेक्षा गरेको छ । 

हाल बैंकले देशका ७७ वटै जिल्लाका सदरमुकामसहित देशभर दुई सय ८४ शाखा, दुई सय ६९ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा, तथा ६५ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad