१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o असोज १५ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डायरी लेखेर किशोरी बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार ११:४o:oo

डायरी लेखेर हुम्लामा एक किशोरी बेपत्ता भएकी छिन्। खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी १६ वर्षीया सुजाता रावल बेपत्ता भएकी हुन्। 

नाम्खा गाउँपालिका– ४ स्थित महाबौद्ध माध्यमिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजातालाई हिमालयन चिल्ड्रेन साेसाइटी छात्रावासले निष्कासन गरेपछि किशोरी बेपत्ता भएको आफन्त चिन बोहाेराले जानकारी दिए।

छात्रावासका शिक्षक–शिक्षिकाले किशोरीलाई मानसिक तनाव दिनुका साथै प्रहरीसँग भेटघाट गर्ने गरेको आरोपमा छात्रावासबाट ७ असोजमा निष्कासन गर्ने निर्णयपछि सुजाता १३ असोजमा डायरी लेखेर बेपत्ता भएको बोहाेराले जानकारी दिए।

छात्रावासबाट निष्कासन गरेपछि बालिका सोही दिन सदरमुकाम सिमकोटमा रहेको आफ्ना दिदी–भिनाजुको कोठामा पुगेकी थिइन्। बोहोरा सुजाताका भिनाजु हुन्। सालीले १२ असोजमा आफू छात्रावासले दिएको तनावका कारण अबदेखि यो संसारमा रहँदैन भन्दै डायरीमा लेखेर छोडेको भिनाजु बोहाेराले बताए।