१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा ‘ट्राफिक सप्ताह’ सुरु : सार्वजनिक यातायातलाई यात्रामैत्री बनाउन जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१६:oo

काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ सुरु भएको छ । काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा आइतबारदेखि ‘ट्राफिक सप्ताह’ सुरु गरेका हुन् । सप्ताह सुरुवातको घोषणाको क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकीकृत कार्यक्रम सञ्चालन गरेर सार्वजनिक यातायात प्रणालीलाई प्रयोगकर्ता र उपभोक्ता यात्रामैत्री आचरण विकास गरिनुपर्ने बताए । उनले भने, ‘सरकारले विश्वासिलो सार्वजनिक यातायात प्रणाली सञ्चालनको योजनालाई प्राथमिकतामा राखेको छ ।’

यस्तै, प्रहरी महानिरीक्षक वसन्त कुँवरले साझेदारबीच सहकार्य र समन्वयबाट अवस्थामा सुधार ल्याउनुपर्ने बताए । उनले उपत्यकाको बढ्दो सहरीकरण र जनघनत्वको अनुपातमा सडक पूर्वाधार निर्माण हुन नसक्नु यातायात प्रणालीको प्रमुख चुनौती रहेको बताए । ट्राफिक सप्ताह सञ्चालनपश्चात् सडक प्रयोगकर्तालाई सडक अनुशासन र सडक सुरक्षाका विषयमा सचेत गराउने लक्ष्य छ । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा अगाडि सरेका कार्यक्रमका विषयमा जानकारी गराए । यातायात प्रणाली सुधारका लागि यस वर्ष ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । देशभरि दर्ता भएका करिब ६३ लाखमध्ये उपत्यकाभित्र करिब १४ लाख सवारीसाधन छन् । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परेर करिब १२ हजार व्यक्तिको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । यसमध्ये करिब एक हजारजनाले काठमाडौं उपत्यकाभित्र ज्यान गुमाएका छन् । 

गएको वर्ष मात्र उपत्यकामा करिब १० हजार दुर्घटना भए । त्यसमा दुई सयभन्दा बढीको ज्यान गयो । दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, लापरबाही गरेर सवारी चलाउनु, पूर्वाधार जोखिमपूर्ण हुनु हो । महानगरपालिकाले विद्यालय उमेरका बालबालिकालाई ट्राफिक सचेतना बढाउन सामुदायिक विद्यालयमा ‘ट्राफिक क्लब’ गठन गरेको छ । उनीहरूलाई सडक अनुशासन, संकेत र आचरणका विषयमा प्रयोगात्मक ज्ञान दिने गरिएको छ । 

ad
ad