१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १३ शनिबार १६:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयोग नबनाएर सरकारले धोका दियो, हिसाबकिताब संसदमै हुन्छ : बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार १६:१२:oo

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय जाँचबुझ आयोग नबनेसम्म संसदमा सरकारी एजेन्डामाथि छलफल अघि नबढ्ने बताएका छन्।

आयोग बनाउने सहमति कार्यान्वयन नगरेर सरकार संसद्को बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न उद्दत रहेको उनको आरोप छ। सामाजिक सन्जाल फेसबुकमार्फत उनले सरकारले मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गरिरहेको बताए।

‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ। तर, सरकार संसद्को बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न चाहन्छ। मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गर्दै छ,’ बर्तौलाले लेखेका छन्, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो। त्यो सहमतिलाई संसद्को बैठकले अनुमोदन पनि गर्‍यो, तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन।’

आयोग बनाउने सहमतिप्रति सरकारले धोका दिएको भन्दै उनले सावाँ र ब्याजसहितको समग्र हिसाबकिताब आइतबार बस्ने संसद् बैठकमा हुने चेतावनी दिएका छन्।

‘उल्टै अनेकौँ बहानबाजी गर्दै प्रमुख प्रतिपक्षीमाथि मिथ्या भ्रम छर्न दिउँसै रात पार्ने प्रपंच चलिरह्यो। असोज ५ पछि धेरै दिनहरू बितिसक्यो, तर आयोग बनेन। सहमतिप्रति सरकारले पूरै धोका दियो। सरकारले दिएको धोकाको सावाँ र ब्याजसहितको समग्र हिसाबकिताब भोलि बस्ने संसद्को बैठकमा राम्रैसँग हुने नै छ,’ उनले लेखेका छन्।