मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १२ शुक्रबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंका पूर्ववडासदस्य महर्जनलाई नाै महिना कैद र दुई लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १२ शुक्रबार १७:५५:००

काठमाडौं महानगरपालिका– १४ का पूर्वसदस्य वसन्त महर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मुद्दा दायर भएको डेढ वर्षपछि उनलाई विशेष अदालतले कैद र जरिवाना हुने सजाय सुनाएको हो। 

विशेषका न्यायाधीशत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला आएको हो। विशेषका अनुसार महर्जनलाई नाै महिना कैद तोकिएको छ। यसैगरी दुई लाख रुपैयाँ जरिवाना हुने भएको उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि २० माघ ०७८ मा मुद्दा दायर गरेकोमा दोषी ठहर हुने फैसला भएको हो। वडासदस्य महर्जन २१ भदौ ०७८ मा दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए। अख्तियारको टोलीले उनलाई कलंकीको खसीबजारस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो।

नेकपा एमालेबाट निर्वाचित वडासदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मालपाेत कार्यालयलाई सिफारिस गर्नका लागि सेवाग्राहीसँग रकम माग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। यस विषयमा अनुसन्धान गरी मुद्दा दायर भएको थियो।