१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १२ शुक्रबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टरमा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १६:३७:oo

एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

योसँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध–निर्देशक रजुल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताहरूसहित कर्मचारीहरू र तिनका पारिवारिक सदस्यहरूले उक्त वेलनेस सेन्टरबाट उपलब्ध हुने विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो।