Skip This
पुराना दललाई रविको सुझाव- सहमतीय सरकार बनाएर काम गर्नुस्, प्रतिपक्षी मोर्चा हामी सम्हाल्छौँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १२ शुक्रबार ११:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुराना दललाई रविको सुझाव- सहमतीय सरकार बनाएर काम गर्नुस्, प्रतिपक्षी मोर्चा हामी सम्हाल्छौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार ११:५१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले पुराना सबै दललाई सहमतिको सरकार बनाएर अन्तिम अवसर सदुपयोग गर्न सुझाव दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो सुझाव दिएका हुन्।
 
उनले देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो चार वर्ष पुराना दलले सबै मिलेर सदुपयोग गरेर देशका तमाम समस्या सुल्झाउन सहमतीय सरकार बनाउन अपिल गरेका छन्। 

‘देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो चार वर्ष तपाईंहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको  सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ,’ उनले लेखेका छन्, ‘यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने, बचाउने हो, त्यो तपाईंहरूको जिम्मा।’ 

उनले पुराना दलले आगामी निर्वाचनलाई मिसन ८४ भनेर फिटिक्कै नसुहारएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्। ‘तर, ‘मिसन ८४’ भनेर  तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईंका लागि त मिसन ८० नै छ त ! मिसन ०७ साल देखि निरन्तर मिसन नै मिसन थियो त । केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त । यो चार वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामीजस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस्।’  

सभापति लामिछानेले बाँकी रहेको चार वर्ष काम गरेर दखाइदिन पुराना दललाई चेतावनीसमेत दिएका छन्। ‘चार–चार वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्। चारवटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग चार–चार वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। ‘राजनीति एउटा सटर त बन्द हुनैपर्छ हजुर ! कि तपाईंको कि हाम्रो। चार वर्षअघि नै एड्भान्समा घन्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला।’