१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० असोज १२ शुक्रबार ०९:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईको विद्युतीय गाडी कोना जिएल सार्वजनिक

Read Time : < 1 मिनेट
२०८० असोज १२ शुक्रबार ०९:१०:००

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक गरेको छ । कम्पनीले ५९ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर कोना जिएल सार्वजनिक गरेको हो । अर्को भेरियन्ट जिएल–एसको मूल्य भने ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । विद्युतीय गाडीहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सफल इलेक्ट्रिक मोडल कोनाको जिएल भर्सन बजारमा ल्याएको दाबी गरेको छ । 

यस्तो छ कोना जिएल इलेक्ट्रिक 
कोना इलेक्ट्रिक नेपालमा सफल मानिएको क्रसओभर इभी भएको कम्पनीको भनाइ छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज बढ्नुका साथै नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी यसमा भएको मुख्य परिमार्जन रहेको जनाइएको छ । हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभबाई वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङजस्ता आधुनिक सुरक्षा फिचर रहेको कम्पनीको दाबी छ । 

यसमा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेकाले यसमा हाई इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले जनाएको छ । ब्याट्रीको लेआउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्यान्डलिङ उत्कृष्ट बनाएकाले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्ने जनाइएको छ ।

नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट रहेको जनाइएको छ । कोना इलेक्ट्रिकलाई एकपटकको सिंगल चार्जमा तीन सय पाँच किलोमिटरसम्म गुडाउन सकिने तथा १०० किलोवाट डिसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्ने उल्लेख छ । 

यसमा रहेको आठ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्चस्तरीय बनाउने कम्पनीको दाबी छ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।