१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १२ शुक्रबार o६:३६:oo
Read Time : < 1 मिनेट
प्रवास प्रिन्ट संस्करण

एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार o६:३६:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि कतारबाट राजेन्द्र कुमार (आरके) शर्माले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कतारमा बुधबार एक कार्यक्रम आयोजना गरी उनले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

‘गैरआवासीय नेपालीको अभियान :  स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने नारा समेटेर उनले दुईवर्षे कार्यकालको योजना समेटेर बाचापत्र सार्वजनिक गरेका छन् । शर्मा संघका वर्तमान उपाध्यक्ष हुन् । शर्माले विदेशमा बस्ने नेपाली श्रमिकलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको बाग्लुङमा १३ मंसिर ०३८ मा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा कतार पुगेका थिए । एउटा निर्माण कम्पनीमा अकाउन्टेन्टका रूपमा जागिर सुरु गरेका शर्मा अहिले कतारमा एक सफल व्यवसायीका रूपमा चिनिन्छन् । ३० असोजदेखि २ कात्तिकसम्म हुने अधिवेशनमा शर्मासहित पाँचजना आकांक्षी देखिएका छन् । वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसी, वर्तमान अध्यक्ष रबिना थापा, अर्का महेश श्रेष्ठ एवं उपमहासचिव विनय अधिकारी अध्यक्ष बन्न लागिपरेका छन् ।