१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नवराज पनेरू डडेल्धुरा
२o८१ बैशाख ३० आइतबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डडेल्धुरा मेडिकल कलेजलाई अध्यापन अनुमति

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:५४:oo

डडेल्धुरा मेडिकल कलेजले अध्यापन अनुमित पाएको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाएकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनका लागि अनुमति दिएको हो ।

डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो । त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले बताए । अब आयोगले १८ कात्तिकमा इन्ट्रान्स लिने र त्यसपछि विद्यार्थी पठाउने जानकारी प्राप्त भएको ओझाले जानकारी दिए । माघदेखि कक्षा सञ्चालनको तयारी रहेको छ । 

आयोगले यसअघि डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो । ‘ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डडेल्धुरा मेडिकल कलेजका डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीनवटा थियो, तर अहिले एउटा पाइएको छ । यो पनि उपलब्धि हो ।’ 

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

ad
ad