मनाङ भ्याली वाइन लन्च भएकाे छ। मनाङ बेभरेज कम्पनीले उत्पादन गरेको वाइन मनाङस्थित ३५ सय मिटर अल्टिच्युटमाथि साब्जे तालबाट भ्याली वाइनकाे लन्च गरिएको हाे।
मनाङको स्थानीय स्याउबाट बनाइएकाे मनाङ भ्याली प्रिमियम स्विट र मनाङ भ्याली प्रिमियम सेमिस्विट गरेर दुई प्रकारकाे स्वादमा लन्च गरिएकाे कम्पनीले जनाएकाे छ।