१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिबिफिनले गभर्नरलाई भेटेर भन्यो– अर्थतन्त्र अझै जोखिममा छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२o:oo

 अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिए पनि आन्तरिक गतिविध अपेक्षित चलायमान हुन नसक्दा अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटवार्तामा यस्तो बताएका हुन् । 

उक्त छलफलमा सिबिफिनका अध्यक्ष गोल्यानले राष्ट्र बैंकबाट जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य क्षेत्रमा उल्लेखनीय सुधार देखिए पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालू पुँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा लिखित सुझावपत्र पेस गरे । 

त्यसैगरी, सिबिफिनले सातै प्रदेशमा बिजनेस समिट गर्न लागेको र उक्त समिटमा राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गरेका छन् । छलफलमा गभर्नर महाप्रसाद अधिकारीले बाह्य परिसूचकहरूमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गरेको बताए । आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्यांकनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरू अपनाउँदै जाने पनि उनले बताए । 

राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंक भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरू उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको औँल्याए ।