Skip This
महासेठद्वारा लोसपाको महासचिव पद अस्वीकार 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ९ मंगलबार २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासेठद्वारा लोसपाको महासचिव पद अस्वीकार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार २o:४१:oo

लोकतान्त्रिक समाजवादी पार्टीमा नातेदारलाई पद बाँडेको आरोप लागिरहेका वेला युवा नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन्। महासेठ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका ज्वाइँ हुन्। 

सोमबार भएको केन्द्रीय समिति पुनर्गठनमा महासेठसहित १६ जनालाई महासचिव बनाइएको छ। महासेठले भने आफू पदलाई योग्य नरहेको भन्दै अस्वीकार गरेका हुन्। 

‘यस पार्टीमा जिम्मेवार साथीहरूको अवमूल्यन हुनु, उचित स्थान पाउन नसक्नु दुःखद अवस्था हो।  म महासचिवको अपेक्षाकृत थिइनँ, छैन पनि। अहिलेको परिस्थितिमा लोसपाको केन्द्रीय महासचिव पदबाट मेरो नाम हटाएर अन्य जिम्मेवार साथीलाई सो पद दिन आदरणीय पार्टी अध्यक्षसँग आग्रह गर्दछु,’ महासेठले फेसबुकमा लेखेका छन्। 

नयाँ पत्रिकासँगको कुराकानीमा महासेठले आफूलाई थाहै नदिई महासचिवमा नाम राखिएको बताए। ‘मलाई नै थाहा भएन। बदनाम हुने हिसाबले नाम आयो। त्यसैले योग्यलाई बनाउनुपर्छ भनेर मैले अस्वीकार गरेको हुँ,’ महासेठले भने। 

लोसपाले पार्टी गठन भएको दुई वर्षपछि गरेको पदाधिकारी चयनमा परिवारवाद हाबी देखिएको छ। लोसपाका शीर्ष नेताहरूले भागबन्डा गरेरै आफूसँगै श्रीमती, छोरी र नातेदारहरूलाई पदाधिकारीको जिम्मेवारी दिएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ।