१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o असोज ९ मंगलबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री दाहाल छोङछिङमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार ११:१६:oo

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो  महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । 

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नेछन् । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमण दलका अन्य सदस्य पनि छन्। 

छोङछिङमा प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिका समितिका सचिव युन ज्याजुनबीच आज भेटघाटको कार्यक्रम छ ।