१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘डार्क सर्कल’को  कारण र उपचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:११:oo

निद्राको कमी, अस्वस्थकर खानपान, वंशानुगत कारणलगायत डार्क सर्कल निम्तिनुका धेरै कारण छन् । लामो समयसम्म औषधिको सेवन, एलर्जी, प्रदूषण, लामो समयसम्म ग्याजेट चलाउने गर्नाले पनि डार्क सर्कल देखिने गर्छ ।

- घाममा धेरै हिँड्नाले पनि डार्क सर्कल देखिन्छ । सुत्केरी अवस्थामा पनि देखिन्छ । यो कुनै गम्भीर समस्या नभए पनि मानिसलाई यसले निराश बनाउँछ । 

- औषधिको प्रयोग, केमिकल पिमिलिङ गर्ने र लेजर गरी तीन तरिकाबाट यसको उपचार गर्न सकिन्छ । डार्क सर्कल हुनबाट बच्नका लागि हामीले केही सावधानी अपनाउनुपर्ने हुन्छ ।

- भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । यसले छालालाई रिपेयर गर्न र टाइट गर्न सहयोग गर्छ । पानी प्रशस्तै पिउनुपर्छ । कागती, सुन्तलालगायत भिटामिन ‘सी’युक्त फलफूलले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछन् । जसकारण, राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले पनि डार्क सर्कल कम गर्छ ।

- काँक्रो काटेर माथिको भाग आँखामा राख्दा केही हदसम्म यसलाई कम गर्न सकिन्छ । आँखावरपर काँचो आलुले मसाज गर्दा पनि कम हुँदै जान्छ । 

- आँखालाई प्रदूषणबाट बचाउनका लागि बाहिर निस्कँदा सनग्लास प्रयोग गर्न सकिन्छ । 

- चिकित्सकसँग परामर्श नगरी डार्क सर्कल जान्छ भनेर अनावश्यक क्रिमको प्रयोग गर्नुहुँदैन । यसले समस्यालाई उल्टै बढाइदिन पनि सक्छ । 
 

ad
ad