मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ९ मंगलबार १o:३३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ संसारभर विशेष प्रदर्शन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १o:३३:oo

नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य सहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ । 

युवा पलायनको अवस्था डरलाग्दो हुँदै  गएको अवस्थालाई मध्यनजर गर्दै  सर्ट फिल्म बनेको हुनाले यसलाई स्वदेशसँगै नेपालीहरूको बसोवास रहेको अन्य देशमा पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए । ‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दै छौँ, जुन कथा असाध्यै दर्दनाक छ,’ ज्ञवालीले भने, ‘यो कथालाई सबैले मनन् गरून् भन्ने सोचले नै विशेष प्रदर्शन गर्न लागेका हौँ ।’ आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेसँगै निर्माण टिमले आफ्नो योजना सार्वजनिक गरेको हो ।

आनन्दराज शर्माले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मको यसको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ । उक्त भूमिकामा कलाकार हिउँवाला गौतमलाई मात्रै देखाइएको छ । पोस्टर सार्वजनिक भएपछि निकै चर्चा चलेको छ । ‘रित्तो गाउँ’ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको सार्वजनिक पोस्टरबाट अनुमान लगाउन सकिन्छ । ‘रित्तो गाउँ’मा अहिलेका चर्चित अभिनेता मुकुन भुसाल, पुराना कलाकार सुवास गजुरेल र नवअभिनेत्री सविना राउतलाई पनि फिचर गरिएको छ । 

निर्माण टिमले फर्स्टलुक पोस्टरबाहेक कुनै पनि प्रकारको प्रमोसनल सामग्री सार्वजनिक नगर्ने जानकारी दिएको छ ।
रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मका सहायक निर्देशक दिनेशबहादुर रावत हुन् भने डिओपी नीरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमुन, आराध्याजस्ता  सर्ट फिल्म निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशकभन्दा बढी समयदेखि पत्रकारिता पेसामा समेत आबद्ध छन् ।

‘रित्तो गाउँ’लाई आनन्दराज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायललगायत कार्यकारी निर्माताको रूपमा छन् । निर्माता आनन्दराज शर्मा वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरिने प्रतिक्रिया दिए । उनले भने, ‘हामी अहिले के–कसरी गर्ने भनेर सल्लाह गर्दै छौँ । तर, पहिलो शोबाट उठेको रकम क्रिकेट क्षेत्रमा योगदान गर्ने योजना छ । त्यसपछिका हरेक शोबाट उठेको रकमको केही प्रतिशत हामीले समाजसेवामा लगाउने तयारी गरेका छौँ ।’

आठ दिन छायांकन गरिएको यस डकुमेन्ट्री फिल्म तत्कालै युट्युबमा सार्वजनिक नहुने निर्माण टिमले जनाएको छ । राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको यस फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । यस प्रोजेक्टका लागि निर्माण टिमले २० लाखभन्दा धेरै लगानी गरेको निर्माता आनन्दराज शर्मा वाग्लेले जानकारी दिए ।