मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Wednesday, 18 December, 2024
२o८o असोज ९ मंगलबार १o:२३:oo
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

प्रदर्शनीमा राख्न नयाँ भेराइटी र डिजाइनका सामान तयार छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १o:२३:oo

बुधबारदेखि दसैँको छेको पारेर काठमाडौंको भृकुटीमण्डपमा फर्निचर एक्स्पो आयोजना हुँदै छ । नेपाल फर्निचर तथा फर्निचर संघ (एनएफएफए)ले नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) मा एक सयभन्दा बढी स्टल रहने जनाइएको छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने आयोजकको भनाइ छ ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोको मुख्य प्रायोजकमध्ये पावर्ड वाईमा टाइटलमा सहभागी भएको कम्पनी फर्निचर हबका अध्यक्ष राजेन्द्र बडूसँग एक्स्पोबारे नयाँ पत्रिकाले गरेको कुराकानी :

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी कस्तो छ ?
यो फर्निचर तथा फर्निसिङजन्य वस्तुको प्रदर्शन गर्ने उपयुक्त वेला हो । यस एक्स्पोलाई लिएर हामी अन्त्यन्तै उत्साहित छौँ । सम्पूर्ण तयारी पूरा पनि भइसकेको छ । उपभोक्ताकेन्द्रित तयारी वस्तु उत्पादनमा केन्द्रित भएका छौँ । उत्पादित वस्तु देखाउन पाउने अवसरका रूपमा लिएका छौँ ।

मेलामा अघिल्लो वर्षभन्दा यसपटक के फरक पाउन सकिन्छ ? 
अघिल्लो वर्षको एक्स्पोमा भन्दा यसपटक नयाँ भेराइटीका नयाँ डिजाइनमा उत्पादित वस्तु प्रस्तुत गर्ने तयारीमा छौँ । यसपटक हातले बनाएका भन्दा पनि फरक मेसिनले बनाएका अत्याधुनिक उत्पादित वस्तु हुनेछन् । पार्केटिङहरू, विभिन्न झ्याल, ढोका, कुर्सी, बेडलगायतका सामान हुनेछन् । त्यस्तै, तयारी वस्तु उत्पादन गर्न प्रयोग हुने विभिन्न प्रकारका मेसिन रहनेछन् ।
आर्थिक मन्दीले फर्निचर व्यवसायमा कस्तो असर पारेको छ ?
आर्थिक मन्दीको असर फर्निचर उद्योगमा मात्र होइन, समग्र देशमै परेको छ । विश्वमै पनि आर्थिक मन्दीले उद्योग–व्यवसाय धराशायी बनेका छन् । तर, यो भन्दैमा हामीले पछि हट्ने होइन कि आर्थिक चलायमान बनाउन अग्रसर हुनुपर्छ । दसैँको समय नजिकिँदै छ । यस समयमा एउटा उत्साह हुन्छ, आर्थिक चलायमान गराउने मुख्य समय पनि यही हो । कोभिडपछि अहिले नयाँ प्रोजेक्टहरू बनेका छन्, केही गरौँ भन्ने उत्साह पनि छ ।

फर्निचर उत्पादनका लागि काठको आपूर्ति सधैँ तातो बहसमा पर्छ ?
हाम्रा काठहरू फर्निचरमा प्रयोग हुन सकिरहेका छैनन् । यसका विविध कारण रहेका छन् । अलिकति बुझाइको कमी र रूख प्रयोगको व्यावसायिक ढंगबाट दीर्घकालीन नीति नहुँदा पनि समस्या भएको हो कि भन्ने मलाई लाग्छ । हामीलाई कुनै पनि तरिकाले वैध तरिकाले  स्वदेशको काठ प्रयोग गर्न नमिलेपछि विदेशबाट ल्याउनुपरेको छ । यहाँका नीतिगत अप्ठ्यारोका कारण काठ विदेशीभन्दा महँगो पनि पर्छ । यस विषयमा सरकारले नै गम्भीर भएर सोच्नुपर्ने हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँ बनाउन सजिलो हुन्छ । त्यसैले आयातमै आकर्षण बढ्न थालेको छ । त्यसैले स्वदेशी काठ प्रयोगको सरल नीति ल्याइनुपर्छ ।