१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका महोत्तरी
२o८o असोज ८ सोमबार १४:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बर्थिङ सेन्टर गोठमा परिणत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १४:५२:oo

महोत्तरीको जलेश्वर नगरपालिका– १२ स्थित नैन्ही स्वास्थ्यचौकीकाे बर्थिङ सेन्टर गोठमा परिणत भएको छ। 

तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ सेन्टरमा स्थानीयले गाई, भैँसी, बाख्रालगायतका वस्तुभाउहरू बाँध्न थालेको बर्थिङ सेन्टरका निमित्त प्रमुख अवधेश मण्डलले बताए। 

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बडो धुमधाम र तामझामका साथ उद्घाटन गरेर सञ्चालनमा आएको बर्थिङ सेन्टरमा स्थानीय ११ जनाले अहिलेसम्म प्रसूति गराइसकेको र स्थानीय गर्भवती अझै पनि यसै बर्थिङ सेन्टरमा नियमित चेकजाँच गराउँदै आएका छन्।

तर, खुला चौर र घेराबेराको अभावमा स्थानीयले स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरलाई गाईवस्तु बाँध्ने, चरिचरण गराउने स्थानको रूपमा प्रयोग गर्न थालेको निमित्त प्रमुख मण्डलको भनाइ छ। स्थानीयहरूले स्वास्थ्य चौकी नैन्हीको पुरानो भवनमा पनि गाईवस्तुलाई खुवाउने भुस, पराल र खरहरू राखेका छन्।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफूलाई हिजो मात्रै नैन्ही स्वास्थ्यचौकीकाे बारेमा बताएकाले आफूले तत्कालै स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर परिधिभित्र स्थानीयले बाँधेका गाईवस्तु हटाउन र पुरानो भवनमा राखेका भुस, पराल र खरहरू खाली गर्न मान्छे खटाइसकेको बताए। उनले छिट्टै घेराबेराको व्यवस्था मिलाएर स्वास्थ्यचौकी र बर्थिङ सेन्टरलाई व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरे। रासस 

ad
ad
ad
ad