१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ८ सोमबार o९:५८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीमा  अपानि कार्यान्वयन नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o९:५८:oo

एकीकृत समाजवादीको अन्तर्पार्टी निर्देशन (अपानि) कार्यान्वयन नहुने भएको छ । नेता तथा कार्यकर्ताले चर्को आलोचना गरेपछि सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानि संशोधन गर्ने निर्णय गरेको हो । ‘अपानिको कार्यविभाजनसँग सम्बन्धित विषय फिर्ता भएको छ ।

आवश्यक परामर्श गरेर अर्को अपानि जारी हुन्छ,’ सचिवालयका एक नेताले भने । २१ जना मनोनीत सदस्यको विषय भने कार्यान्वयन भइसकेको ती नेताले बताए । मनोनयन समावेशी नभएको भन्दै महिला र युवा नेताले विरोध जनाउँदै आएका छन् ।

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा सामान्यबाहेक कार्यविभाजन हेरफेर नगर्ने सचिवालय र केन्द्रीय कमिटीको निर्णय भएकाले सोहीअनुसार हुने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार अपानिमा भएको कमजोरी सच्चिएको छ । नेपालले भदौ पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै अपानि जारी गरेका थिए ।