Skip This
प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा १८ मंसिरमा फैसला हुने
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ७ आइतबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ७ आइतबार २o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा १८ मंसिरमा फैसला हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार २o:o४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दाको १८ मंसिरमा फैसला आउने भएको छ। आइतबारबाट सुरु भएको सुनुवाइमा दुवै पक्षको बहस सकिएपछि निर्णय सुनाउने मितिका लागि पेसी तोकिएको हो। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सात वर्षअघि दायर गरेको मुद्दामा सर्वोच्चले फैसला दिन लागेको हो। अदालतको अवहेलनालाई फौजदारी कसुर मानिन्छ। प्रचण्डको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै १२ जेठ ०७३ मा मुद्दा दायर भएको थियो। यद्यपि १६ कात्तिक ०७४ मा मात्र रुजु भएको सर्वोच्च प्रशासनले जनाएको छ। यस मुद्दामा १८ मंसिरमा फैसला आउने प्रवक्ता भद्रकाली पोखरेलले बताए।