१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o८:oo

दाङको तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार भएको छ । बिहीबार राति १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ बसपार्कस्थित दुई युवाबीच सामान्य विवादपछि खुकुरी प्रहार भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीका अनुसार खुकुरी प्रहारबाट तुलसीपुर– १३ बखरिया निवासी ३४ वर्षीय रणदेव बस्नेत घाइते भएका छन् । 

हातमा गहिरो चोट लागेका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि  नेपालगन्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । 

खुकुरी प्रहार गर्नेमा तुलसीपुर– १० राइखल्यान निवासी २८ वर्षीय राममणि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । पूर्वरिसइवी कारण खुकुरी प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ । 

ad
ad