मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ४ बिहीबार १६:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकलाई रास्वपाको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ४ बिहीबार १६:१२:००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले आफ्नो मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गरी शिक्षकलाई आन्दोलन नगर्न आग्रह गरेको हो। 

महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौँ।’ 

साथै रास्वपाले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने जिकिर गरेकाे छ।  

रास्वपाले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग निरन्तर छलफलमा रहेकाे र परामर्शपछि आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।