१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ३ बुधबार o५:५६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अटोग्राफका शब्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार o५:५६:oo

जर्ज बर्नार्ड सा अंग्रेजी कविता तथा नाटकका क्षेत्रमा अलग्गै परिचय स्थापित गर्न सक्षम व्यक्तित्व हुन् । उनीसित भेटघाट गरी संवाद गर्न, उनलाई घरमा बोलाएर भोजन गराउन तथा उनको सन्देशसहितको अटोग्राफ आफ्ना नोटबुकमा सुरक्षित राख्न चाहने मानिस निकै थिए । 

लन्डनका एक युवक पनि जर्ज बर्नार्ड साका निकै ठूला प्रशंसक थिए । उनी जसरी भए पनि सालाई भेटेर उनको सन्देशसहितको अटोग्राफ लिन चाहन्थे । यसका लागि उनी साका हरेक कार्यक्रमबारे जानकारी राखिरहेका हुन्थे । एकपटक ती युवकको गाउँनजिकै आयोजना गरिने एक साहित्यिक कार्यक्रममा सा पनि सहभागी हुने उनले जानकारी पाए । कार्यक्रमबारे थाहा पाएदेखि नै उनी सो दिनको व्यग्र प्रतीक्षामा रहे । अन्ततः कार्यक्रमको दिन पनि आइपुग्यो । उनी निर्धारित समयभन्दा दुई घन्टाअघि नै कार्यक्रम आयोजना हुने हलमा पुगेर दर्शकदीर्घाको अघिल्लो पंक्तिमा बसे । 

तोकिएकै समयमा बर्नार्ड सा पनि कार्यक्रम स्थलमा पुगे । मौका पाउनासाथ ती युवकले आफ्नो डायरी बर्नार्ड साको हातमा दिँदै भने– मेरा प्रिय कविज्यू, कृपया यस डायरीमा संसारभरका युवाका लागि विशेष सन्देश लेखेर आफ्नो अमूल्य हस्ताक्षर गरिदिनुभएमा म कृतकृत्य हुने थिएँ । 

मुसुक्क हाँस्दै बर्नार्डले युवकको हातबाट डायरी लिए र आफ्नो सुन्दर लिपिमा लेखे– हे संसारभरका नवयुवकहरू हो, यसरी अर्काको बेकारका अटोग्राफ एकत्रित गर्ने कार्यमा आफ्नो अमूल्य समय बर्बाद नगर । बरु आफैँ यति योग्य बन कि तिम्रो अटोग्राफ लिन अन्य मानिसले तँछाडमछाड गरून् ।