१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

बिपी साहित्य महोत्सवको समापन ३ असोजमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२२:oo

बिपी साहित्य महोत्सवको समापन सत्रका कार्यक्रम ३ असोजका लागि तय भएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनका कारण २६ भदौको महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित भएका थिए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार संविधान दिवसको दिन महोत्सव यसअघि समापन सत्रका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

समापन सत्रको कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमाको ‘बिपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला ?’ विषयमा ‘की नोट स्पिच’, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्टर्न, बिपीका आख्यानमा नारी र परिवारले बुझेका बिपी गरी चार सत्र रहनेछन् । यसअघि राखिएका सांगीतिक साँझ भने यसपटक समावेश नगरिएको कांग्रेसले जनाएको छ । कार्यक्रम बिहान साँढे दशदेखि साँझ पाँच बजेसम्म हुनेछ ।

२४ भदौमा ११०औँ बिपी जन्मजयन्तीमा पहिलोपटक महोत्सवको आयोजना गरेको थियो । महोत्सव कांग्रेसको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा आयोजना भएको हो । १० साउनमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मदिन २४ भदौलाई कांग्रेसले हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

ad
ad