१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Monday, 15 July, 2024
क्रिस्टोफर किर्कल्यान्ड
२o८o असोज १ सोमबार १o:४८:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

कमजोर बन्दै छन् ऋषि सुनक

पार्टीभित्रका दक्षिणपन्थीसामु झुकेर सुनकले सबल नेता बन्न सक्ने अवसर गुमाइसकेका छन्

Read Time : > 3 मिनेट
क्रिस्टोफर किर्कल्यान्ड
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १o:४८:oo

‘लेम डक’ अर्थात् लंगडो हाँस अमेरिकी राजनीतिमा प्रचलित पदावली हो । यसले ती राष्ट्रपतिलाई जनाउँछ, जो चुनाव जितेर आएको फरक नेताले सत्ता आरोहण नगरेसम्मका लागि पदमा रहन्छन् । अमेरिकी राष्ट्रपतिका लागि हुने चुनाव हरेक चार वर्षमा नोभेम्बर महिनामा हुन्छ । तर, नवनिर्वाचित नेताले साढे तीन महिनापछि मात्रै जनवरी २० मा उनको पदभार ग्रहण गर्छन् । यस्तो अवस्था सामान्यतया सत्तारूढ राष्ट्रपतिको दोस्रो (र अन्तिम) कार्यकालको अन्त्यमा आउने गर्छ । ‘लेम डक’ राष्ट्रपतिले चुनावमा जितिसकेका आफ्ना उत्तराधिकारीलाई सत्ता हस्तान्तरण नगरिसकेको अवधिमा अमेरिकी संसद्(कंग्रेस)बाट विधेयक पास गराउन सक्दैनन् । यसको मुख्य कारण थोरै समय मात्र बाँकी रहेको संसद्ले नयाँ कानुन पास गराउन प्रतिरोध गर्ने गर्छ भने साथमा राजनीति एकाएक बाहिरिँदै गरेको राष्ट्रपतिको भन्दा नयाँ चुनिएका नेताको कार्यक्रमउन्मुख हुँदै जान्छ । 

बेलायतको राजनीतिक प्रणाली अमेरिकाको भन्दा फरक छ, तथापि अहिले ऋषि सुनक अमेरिकामा प्रयोग हुने ‘लेम डक राष्ट्रपति’जस्तै कमजोर देखिएका छन् । उनी आफैँले तय गरेका अधिकांश कार्यक्रम कार्यान्वयन गर्न संघर्ष गरिरहेका छन् । संसदीय समयतालिका जुनको अन्त्य र जुलाईको प्रारम्भमा असामान्य रूपमा चाँडै समाप्त भयो । एकजना विपक्षी सांसदले त सुनक सरकारसँग ‘वास्तवमा कुनै कार्यक्रम नै नभएको’ आरोपसम्म लगाए । देखाउनलाई कुनै उपलब्धि नभएको र सन् २०२५ जनवरीको अन्त्यसम्ममा आमनिर्वाचन हुने निश्चित रहेको अवस्थामा संसदीय व्यवस्थाका नेता सुनकसमेत बाहिरिने समय पर्खिरहेको ‘लेम डक’जस्तो महसुस हुन थालेका छन् । के सुनकसँग कुनै विकल्प नभएकै हो त ? 

वेस्टमिनिस्टरका ‘लेम डक’
सुनकलाई महत्वपूर्ण विधायिक एजेन्डा लागू गर्न कठिनाइ सिर्जना गर्ने कारण धेरै छन् । कन्जर्भेटिभ पार्टीको वर्तमान संसदीय स्वरूप एकदम बहुलवादी खालको छ, जसले गर्दा सहज अवस्थमा समेत पार्टीले आफ्ना एजेन्डालाई कानुनका रूपमा पारित गर्न सकिरहेको छैन । पार्टीभित्रका सांसदबीचको फरक दृष्टिकोण र दर्शन पछिल्ला केही उथलपुथलकारी घटनामा सबैसामु छरपस्ट भएको थियो ।

बेलायतको राजनीतिक प्रणाली अमेरिकाको भन्दा फरक छ, तथापि अहिले ऋषि सुनक अमेरिकामा प्रयोग हुने ‘लेम डक राष्ट्रपति’जस्तै कमजोर देखिएका छन् । उनी आफँैले तय गरेका अधिकांश कार्यक्रम कार्यान्वयन गर्न संघर्ष गरिरहेका छन् ।

बोरिस जोनसनको पतनपछि पार्टीको नेतृत्व छान्न देखिएको असहमति र लिज ट्रसको छोटो नेतृत्वकालमा देखिएको अराजकताले पार्टी एकतालाई नराम्ररी असर गर्‍यो । सन् २०१९ मा सम्पन्न पछिल्लो ब्रिटिस आमचुनाव ‘ब्रेक्जिट’को मुद्दामा लडिएको थियो । त्यस चुनावमा ब्रेक्जिटका हिमायती तत्कालीन नेता बोरिस जोनसन पार्टीलाई ठूलो अन्तरको बहुमत हासिल गराउन सफल भए । तर, अब ब्रेक्जिट ब्रिटिस राजनीतिको मूल मुद्दा रहेन । कन्जर्भेटिभ पार्टीभित्र अहिले जलवायु परिवर्तन र अनलाइन नियमन मूल मतभेदको मुद्दा बनेको छ । 

आमजनतामा अहिले आवासको अभाव मुख्य मुद्दाका रूपमा विकास भएको छ । तर, कन्जर्भेटिभ सांसदहरू तिनका मतदाताको आवश्यकताविरुद्ध उभिएका देखिन्छन् ( र प्रधानमन्त्री सुनक पनि उनका यस्ता सांसदको दबाबका कारण उनले अघि सारेको घरनिर्माणको लक्ष्य परित्याग गर्न बाध्य भएका थिए ।) यथार्थबाट कट्दै गएको अवस्थामा पार्टीभित्र आगामी बाटोबारे थप ठूलो असहमति उत्पन्न भएको छ ।

सक्षम नेताहरू तिनका पार्टीभित्र आउन सक्ने दरारलाई कुटिल भाषा र कूटनीतिमार्फत छोप्न वा टार्न सक्षम हुन्छन् । तर, सुनकले एकपछि अर्को पार्टी सांसद (विशेषतः पार्टीभित्रका दक्षिणपन्थी पंक्तिसँग) दबाबमा झुकेर सबल नेता बन्न सक्ने अवसर गुमाइसकेका छन् । पार्टीभित्रका दरारका कारणबारे बहस गर्न सकिएला, तर सरकारले आफैँले तोकेको मापदण्डअनुसार समेत कुनै प्रगति गर्न नसकेको कुरा स्पष्ट बनेको छ । सुनकले वर्षको सुरुमा पाँच प्राथमिकता उल्लेख गरेका थिए, जसमा ‘डुंगाहरू रोक्ने (आप्रवासी ल्याउने)’, नेसनल हेल्थ सर्बिस(एनएचएस)मा उपचारका लागि बिरामीले गर्नुपर्ने लामो प्रतीक्षा अवधि घटाउनेजस्ता मुद्दा थिए । तीमध्ये एउटासमेत लक्ष्य हासिल हुने आशा अब थोरैले मात्र गर्छन् होला ।

पार्टीभित्र र बाहिरका शुभचिन्तकले कन्जर्भेटिभ पार्टी अहिले नीति बनाउनेभन्दा पनि ‘सांस्कृतिक लडाइँ’को पृष्ठभूमि तयार गर्न लागेको गुनासो गर्न थालेका छन् । सांस्कृतिक रूपमा देश पछाडि पर्दै गएको भाष्य हाबी भएमा आगामी चुनावी अभियानमा ‘हामी’ र ‘बाहिरबाट आएका खराब’को भाष्य हाबी हुने पक्का छ । यो रणनीति जनतामाझ त्यति लोकप्रिय नभएको सर्वेक्षणले देखाएका छन् ।

बरु यो विचलनकारी रणनीतिको प्रयोगले कन्जर्भेटिभ पार्टीसँग अहिले सरकारलाई अघि बढाउने ‘होलिस्टिक कार्यक्रम नरहेको’ भन्ने आरोपलाई बल प्रदान गर्छ । यही अवधिमा सर्वेक्षणले सुनकको व्यक्तिगत लोकप्रियता झरेर ४० प्रतिशत पुगेको देखाएको छ । त्यस्तै कन्जर्भेटिभ पार्टीलाई मत दिन चाहने मतदाताको हिस्सा लेबरलाई मत दिन चाहने हिस्साभन्दा २० प्रतिशत कम देखिएको छ । चुनाव नजिकिँदै जाँदा यस किसिमको भिन्नताले थप मतदातालाई विपक्षी लेबर पार्टी र उसका कार्यक्रमप्रति ध्यानाकर्षण गराउन सक्छ ।

के सुनकसँग अझै समय छ ? 
यी सबका बाबजुद बेलायतका प्रधानमन्त्रीका लागि संसद्बाट कानुन पारित गराउन अमेरिकाका राष्ट्रपतिलाई कहिलेकाहीँ आइपर्नेजति कठिन हुँदैन । सुनकसँग अझै पनि संसद्मा बहुमतभन्दा ६२ सिट बढी छ । त्यसैले सुनकले पार्टीभित्रको गन्जागोललाई राम्ररी व्यवस्थापन गर्न सके भने त्यसले उनको समग्र स्थितिलाई प्रभावशाली बनाउन सघाउनेछ । सुनकले आगामी चुनाव लड्ने आकांक्षा स्पष्ट रूपमा प्रस्तुत गरिरहेको अवस्थामा बाँकी समयमा उनको सरकारले प्रदान गर्ने कामले उनकै हित गर्नेछ ।

विपक्षीहरूले पूर्ण रूपमा फरक चुनावी एजेन्डा अघि सारिरहेका छैनन्, जुन उनका लागि अवसर हो । ब्रिटिस राजनीति सुनकबाट लेबर नेता केयर स्टारमरतर्फ (अझैसम्म) सरिसकेको छैन । स्टारमरले उनको नीति ल्याउनुअघि सुनकका मुख्य नीतिमा ‘पर्ख र हेर’को रणनीति लिइरहेकाले सुनकसँग उनका नीतिलाई आकार दिन प्रशस्त ठाउँ बाँकी छ । स्टारमर आफँै पार्टी नेतृत्वको चुनावका वेला गरेका वाचाबाट पछि हटेकोमा आलोचनाको सामना गरिरहेका छन् । 

‘सांस्कृतिक युद्ध’को रणनीतिक फाइदा सन्देहपूर्ण रहेको भए पनि सरकारले विनासंघर्ष मैदान खाली नगर्ने लक्षण देखाइसकेको छ । सुनकले कन्जर्भेटिभ पार्टीका उपाध्यक्ष ली एन्डरसनजस्ता विवादास्पद व्यक्तिलाई आगामी चुनावी अभियानको रणनीति तयार पार्ने टिममा राखेर एकप्रकारको जुवा खेलेका छन् । तर, यस कदमले उनले आफूलाई पूर्ववर्ती नेतृत्वभन्दा अगाडि जान चाहेको र आफू र अघिल्ला कन्जर्भेटिभ सरकारबीच भिन्नता रहेको देखाउने खोजेको बुझिन्छ । स्पष्ट कार्यक्रम र मापनयोग्य सफलताविना सुनकका नीतिगत विकल्प थप साँघुरिनेछन् । उदाहरणका लागि, बिग्रिँदै गएको आर्थिक अवस्थाको कारण चुनावअघि ठूलो परिणाममा कर कटौती गर्ने वा खर्च गर्ने सुविधा घट्दै गएको छ । जनताले सुनकलाई उनका पाँच वाचा पूरा गर्न नसकेकोमा क्षमा देलान्, तर तिनमा कुनै प्रगति गर्न नसकेकोमा निकट भविष्यको चुनावी अभियानमा उनका विकल्प थप साँघुरिनेछन् ।
योर्क सेन्ट जोन युनिभर्सिटीका राजनीतिशास्त्रका वरिष्ठ अध्यापक हुन् । – द कन्भर्सेसनबाट

ad
ad
ad
ad