Skip This
एकको हत्या योजना, पोल खुल्ने डरले थप तीनको हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Friday, 04 October, 2024
हत्या अभियोगमा पक्राउ गरेका सञ्जय भण्डारीलाई सार्वजनिक गरिँदै ।
२o८o असोज १ सोमबार o८:o१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकको हत्या योजना, पोल खुल्ने डरले थप तीनको हत्या

सामूहिक हत्याको कारण :  मोटरसाइकल ठक्करको विवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o८:o१:oo

काठमाडौंको तिनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ का २३ वर्षीय सञ्जय भण्डारीले गरेको खुलेको छ । उनलाई प्रहरीले बाह्रबिसेस्थित घरबाट आइतबार पक्राउ गरेको छ । 

बोल्न नसक्ने सञ्जयले सःमिलमा कार्यरत दोलखा कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, ५० वर्षीया श्रीमती अम्बिका, ७६ वर्षीया आमा सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका– २ का १९ वर्षीय नवीन भनिने विशाल राईको शुक्रबार बेलुका १०ः०० बजे हत्या गरेको प्रहरीले जनाएको छ । सञ्जय र विशालबीचको आपसी विवाद हत्याको मूल कारण रहेको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । 

‘घटनामा संलग्न भण्डारी पक्राउ परेका छन् । चारैजनाको हत्या उसैले गरेको स्वीकार गरेको छ । उसको विशालसँग विवाद रहेछ । सोही विवाद हत्याको कारण रहेको देखिन्छ,’ एसएसपी राठौरले भने । प्रहरीका अनुसार सञ्जय र विशालबीच मोटरसाइकलले ठक्कर दिएको विषयमा विवाद भएको थियो । यही क्रममा विशालले सञ्जयलाई केही साताअघि कुटपिट गरेका थिए । प्रतिशोध साँध्न सञ्जयले विशालको फलो गरेका थिए । सःमिलमा दुई–तीनपटक देखेपछि विशाल सोही ठाउँमा बस्ने गरेको निश्चित गर्दै शुक्रबार काँडाघारीस्थित दिदी–भिनाजुको डेराबाट निस्किएका थिए । 

सोफामा पल्टिएको भेटेपछि सञ्जयले विशालमाथि कुटपिट सुरु गरेका थिए । यही क्रममा झोलाबाट खुकुरी झिकेर विशालको हत्या गरे । ७६ वर्षीया सुभद्रा भुजेलले देखेपछि हत्याको पोल खुल्ने डरले उनीमाथि पनि खुकुरी प्रहार गरे । लगत्तै सुभद्राका छोरा पूर्णबहादुर पुगे । उसैगरी हत्या गरे । पूर्णबहादुरकी श्रीमती अम्बिका पनि त्यहीँ पुगेकीले उनको पनि हत्या भयो ।

प्रहरीका अनुसार निहुँ खोजे काटिदिने भन्दै झोलामा खुकुरी बोकेका थिए । सःमिल पुगेका उनी पछाडिको गेटबाट भित्र छिरेर विशाल सुत्ने कोठामा पुगेका थिए, तर कोठामा विशाल थिएनन् । विशाल सोफामा पल्टिएको भेटिएपछि दुईबीच कुटपिट सुरु भएको थियो । यही क्रममा उनले झोलाबाट खुकुरी झिकेर विशाललाई प्रहार गरेका थिए । घटना हुँदै गर्दा सुभद्रा घटनास्थल पुगेकी थिइन् । पोल खुल्ने डरले उनले सुभद्रालाई पनि खुकुरीले टाउकोमा प्रहार गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेका पूर्णबहादुरमाथि पनि उसैगरी प्रहार गरेका थिए भने त्यहाँ आइपुगेकी पूर्णबहादुरकी श्रीमती अम्बिकाको पनि हत्या गरेका थिए । 

त्यही वेला दीपेन्द्र राई सःमिल पुगेका थिए । प्रहरीका अनुसार उनी ढोका ढकढकाउँदै त्यहाँ आएकाले सञ्जय पछाडिको गेटबाट बाहिरिए । त्यसपछि उनी पुनः काँडाघारीस्थित दिदी–भिनाजुको कोठामा गई सुतेका थिए । शनिबार बिहान भने उनी नक्सालस्थित विद्यालयमा साथी भेट्न पुगेका थिए । पछि पक्राउ परिने डरले उनी आइतबार भने सिन्धुपाल्चोक हिँडेका थिए । पछ्याउँदै गएको प्रहरीले उनलाई बाह्रबिसेस्थित घरबाट पक्राउ गरेको हो । उनीसँगै प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको छ ।

हत्यामा संलग्न पक्राउ परेका छन्
 एसएसपी सोमेन्द्रसिंह राठौर, प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

घटनामा संलग्न सञ्जय भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन् । विशाल राई नाम गरेका युवासँगको विवाद नै हत्याको कारण देखिएको छ । विशालको हत्या गर्दै त्यहाँ आएका अन्य तीनजनाको पनि रहस्य खुल्ने डरले हत्या गरेको सञ्जयले बताएका छन् ।