
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको अवस्थामा शव फेला परेको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चारजनाको शव फेला परेको जानकारी दिए। घटना राति १२ बजेतिर भएको अनुमान गरिएको छ।
मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइबा, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिए। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ।
घटनास्थलबाट सोधपुछको लागि २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।