१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३४:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनको उपाध्यक्षमा सिंखडाको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३४:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनका लागि बेलायतका रामशरण सिंखडाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। वर्तमान केन्द्रीय कार्यसमितिको उपमहासचिव सिंखडाले आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

संघभित्र मौलाउँदै गएको असमझदारी र विकृतिलाई सच्याएर सबैले सोचेजस्तो सुन्दर संस्था निर्माणका लागि यसपटकको महाधिवेशनमा उपाध्यक्षमा उठ्न चाहेको सिंखडाको भनाइ छ। संघभित्र मौलाउँदै गएको विकृति र स्वार्थको कारण गत कार्यकालमा जम्बो टिम निर्माण गर्नुपरेको उनले दाबी गरे। जसका कारण संसारभर छरिएर रहेका पञ्जीकृत सदस्यहरूमा नैराश्यता छाएको उनले बताए। 

यद्यपि, वर्तमान कार्यसमितिले केही उल्लेखनीय काम गरेको सिंखडाले दाबी गरे। संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकताको ऐेन राष्ट्रपतिबाट स्वीकृत भएको तथा श्रमिकहरूसँग परोक्ष सरोकार राख्ने सामाजिक सुरक्षा नीति लागू भई कार्यान्वयनमा आएको उनले उल्लेख गरे।

सिंखडा सन् २०११ मा गैरआवासीय नेपाली संघ बेलायतको राष्ट्रिय संयोजक थिए। सन् २०१७–२०१९ मा गैरआवासीय नेपाली संघ बेलायतको तर्फबाट आइसिसी सदस्यमा निर्वाचित भए। त्यस कार्यकालमा परोपकार तथा मानवीय सहयोग विभागको सदस्यसचिव थिए। सन् २०१९–२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजक रहे। वर्तमान कार्यकालमा भने उनले उपहासचिवको पदमा रहेको काम गरे।

बेलायतको नेपाली डायस्पोरामा एउटा छुट्टै पहिचान र परिचय बनाएका सिंखडा सन् २००१ मा बेलायत बसाइँ सरेका थिए।