१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २९ शुक्रबार १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १२:३६:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आइएनआई सिनेमा हलको उद्घाटन गर्दै उनले अर्थतन्त्र योभन्दा तल खस्किने ठाउँ नरहेको दाबी गरे। ढकालले व्यावसायिक गतिविधि बढे मात्रै अर्थतन्त्र चलायमान बन्ने उल्लेख गरे।

कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आममानिसमा सकारात्मक ऊर्जा थपिने अध्यक्ष ढकालले विश्वास व्यक्त गरे।

‘व्यावसायिक एक्टिभिटिज जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ। अब आउने दिन राम्रो हुनेछ। योभन्दा डिट्रोइट हुने अवस्था छैन। अब आउने दिनमा इकोनोमिक एक्टिभिटी बढ्नेछ,’ उनले भने।

अध्यक्ष ढकालले एउटा कलाकारले मिहिनेत गर्‍याे भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने स्पष्ट म्यासेज गएको बताए।

आइएनआई सिनेमा हल अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले सञ्चालनमा ल्याएका हुन्।