१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o भदौ २९ शुक्रबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भाटभटेनीमा मञ्जुश्रीको छुट अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार o६:o७:oo

मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्यमा बुबाको मुख हेर्ने दिन, हरितालिका तिज र संविधान दिवसको पावन अवसर पारेर असोज ३ गतेसम्मका लागि विशेष छुट अफर सुरु भएको छ । 

भाटभटेनी सुपर मार्केटमा एक हजारभन्दा माथिको बिल भुक्तानी गर्दा मञ्जुश्रीको मोबाइल बैंकिङ एपमार्फत बिल भुक्तानी गरेमा एक सय ५० देखि तीन सय ५० रुपैयाँसम्म छुट पाउने अफर सुरु भएको हो ।

यो सुविधा उपयोग गरी सबै ग्राहक लाभान्वित हुने फाइनान्सले विश्वास लिएको छ । हाल फाइनान्सले नयाँ बानेश्वरको केन्द्रीय कार्यालयसहित २६ शाखामार्फत नेपालका प्रमुख सहरमा सेवा पुर्‍याउँदै आएको छ ।