Skip This
ऊर्जामा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्रीको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २८ बिहीबार o८:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जामा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्रीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o८:३o:oo

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमसँगको भेटघाटमा मन्त्री बस्नेतले यस्तो आग्रह गरेका हुन् । भेटमा वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको बताउँदै उनले थप केही महत्वपूर्ण  आयोजनामा लगानी विस्तार गर्न आग्रह गरे । सरकारले वैदेशिक लगानीका लागि आवश्यक वातावरण बनाएको र लगानीको प्रतिफल फिर्ताका लागि समेत सहज व्यवस्था रहेको उनले जानकारी दिए । 

नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताए । माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनालाई सहज रूपमा अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग रहने र समयसीमाभित्रै आयोजना सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गरे । सरकारले वैदेशिक लगानी सहजीकरणका लागि कानुनी सुधार गरेको जानकारी दिँदै उनले निर्माणाधीन माथिल्लो त्रिशुली–१ आयोजनाजस्तै अन्य ठूला आयोजनामा लगानी गर्न अनुरोध गरे । 

 सो आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको जलस्रोतको प्रयोगले आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्ने बताए । उनले अन्य कोरियाली लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने र थप लगानीका लागि पहल गर्ने विश्वास दिलाए । ‘म यहाँबाट फर्केपछि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न थप आग्रह गर्नेछु । त्यसको उदाहरणका रूपमा माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजना हो भन्ने विश्वास दिलाउँछु,’ उनले भने । मंगलबार मात्रै शिलान्यास गरिएको आयोजनाको भौतिक प्रगति २२ प्रतिशत रहेको छ । 

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायतका संरचना निर्माणाधीन छन् । काठमाडौं लोड सेन्टरबाट नजिक रहेको र विद्युत्को अद्यावधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ ।