१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्सेले पार गर्‍यो दुई हजार बिन्दु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१६:oo

सेयर बजार आज हरियाली छाएको छ। मंगलबार साढे १९ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३९.४८ अंले बढेर २००७.०६ बिन्दुमा उक्लिएको छ।

आज सबै समूहको सेयर बढेको छ। यसमा पनि विकास बैंक, होटेल, जलविद्युत्, बिमा र व्यापार समूहको सेयर उच्च अंकले बढेको छ। यस दिन शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

आज दुई सय ७५ कम्पनीका ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। समग्रमा बजार बढे पनि थ्री स्टार हाइड्रोपावरको सेयर भने आठ प्रतिशतले घटेको छ।