१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २६ मंगलबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी साहित्य महोत्सवका कार्यक्रम स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १४:२७:oo

नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ।

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवका कार्यक्रम स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
    
पार्टीका सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै महोत्सवका कार्यक्रम स्थगित गरेको हो।

बैठकले नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ। बैठकले उनको परिवारजन, नेकपा एमाले पार्टी र शोकाकुल सबैमा समवेदना व्यक्त गर्दै शोक–प्रस्ताव पारित गरेको छ।

महोत्सवको अन्तिम दिनको कार्यक्रम अर्को सूचनापछि गरिने जनाइएको छ।