१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका विराटनगर
२o८o भदौ २५ सोमबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १७:११:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन्।

आज विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरू पनि यहाँ आइपुगेका हुन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ।

सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नुहुने कार्यक्रम छ।