१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Monday, 01 July, 2024
२o८o भदौ २५ सोमबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बिपी मेरो राजनीतिक प्रेरणाका स्रोत हुन् : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार o९:५७:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । कांग्रेसले आइतबारदेखि सुरु गरेको तीनदिने ‘बिपी साहित्य महोत्सव’ उद्घाटन समारोहमा उनले बिपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे । ‘उहाँ राजनीतिक जगत्मा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँकोे राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिँडिरहेका छाैँ।’

बिपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने भन्दै उनले त्यसकै प्रयत्न भइरहेको बताए । ‘नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले बिपीका विचार अनुकरण पनि गर्दै आएका छन्,’ उनले भने, ‘उहाँ सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । उहाँलाई भेट्दा तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो ।’

मुलुक अहिले बिपीले देखाएकै प्रणालीमा अघि बढेको उनको दाबी थियो । ‘आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको छ,’ उनले भने, ‘समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ । तर, विभिन्न कारणले स्थायित्व पाउन सकेको छैन । नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न पाइएको छैन ।’ देउवाले बिपीलाई अन्तर्राष्ट्रिय तहको नेता, राजनीतिक विचारक रहेको चर्चा गरे ।

ad
ad
ad
ad