१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Friday, 06 September, 2024
२o८o भदौ २५ सोमबार o७:३५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सर्बिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार o७:३५:oo

 वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने धादिङ ज्वालामुखी–१ स्थायी घर भई भक्तपुर ठिमी नगरपालिका–३  बस्ने ४० वर्षीय राजकुमार लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले बलराम थापामगरसहित तीन जनालाई सर्बिया पठाउने भन्दै ठगी गरेका थिए । लामिछानेलाई प्रहरीले काठमाडौं महानगर–३१, मीनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको जनाइएको छ ।