मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Monday, 10 August, 2026
२o८o भदौ २४ आइतबार १५:१८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभामा चारवटा विधेयक पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १५:१८:oo

बागमती प्रदेश सभाको आइतबार बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट चारवटा विधेयक पेस भएका छन्। सभाको पहिलो बैठकमा विभिन्न चारवटा विधेयक पेस भएका हुन्।

प्रदेश सभामा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरिएको छ। यसैगरी सभामा प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पेस गरिएको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन्।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरे।

यसअघि विपक्षी दलहरूको चेतावनीका कारण पटकपटक सूचना टाँस गरेर स्थगित भएको प्रदेश सभा बैठक सञ्चालनका लागि आज बिहान प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको पहलमा सर्वदलीय बैठक बसेको थियो।

सर्वदलीय बैठकमा सरकारले प्रतिपक्ष दलले उठाएका माग प्रक्रियागत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आजदेखि बैठक सञ्चालन भएको हो।