Skip This
जंगली हात्तीले २० बिघाको धानबाली नष्ट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका कञ्चनपुर
२o८o भदौ २३ शनिबार १४:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीले २० बिघाको धानबाली नष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार १४:o३:oo

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झन्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जंगली हात्तीको बथानले नष्ट गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो। 
    
स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका वेला जंगली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन्। एक बिघामा लगाएको धानबाली पूरै जंगली हात्तीले सखाप पारेको उनले बताए। 

उनका अनुसार गएराति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ। धानका बाला सबै खाएको छ, पराल मात्रै बाँकी छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ः०० बजेतिर हात्तीको बथान धानखेतमा छिरेको स्थानीय जया धामीले बताए। उनका अनुसार पछिल्लो तीन दिनयता यसरी जंगली हात्ती गाउँ पस्न थालेका छन्। हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन्।

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जंगली हात्तीले धानबालीमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताए। हात्तीलगायतका जंगली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आए पनि सुनवाइ हुन नसकेको उनले बताए। 

नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र संघ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो।

यसैबीच, आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेश सभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टै रूपमा धानबालीमा जंगली हात्तीले क्षति पुर्‍याएको स्थानको अवलोकन गरेका छन्। मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन्।

मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे। निकुञ्जनजिकैका गर्जमुनी र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जंगली हात्तीले धान, गहुँ, तरकारीलगायत बालीमा क्षति पुर्‍याउँदै आएको छ। रासस