मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौैं
२o८o भदौ २२ शुक्रबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहका १० उपसचिवको सरुवा, चार जिल्लाका सिडिओ हेरफेर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १८:३२:oo

गृह मन्त्रालयले १० उपसचिवको सरुवा गरेको छ। सरुवामा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।

उपसचिव चेतराज बराललाई ओखलढुंगा, अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सिडिओमा खटाइएको छ।

ओखलढुंगामा सिडिओमा कार्यरत प्रदर्शनी कुमारी र डडेल्धुराका विश्वराज न्यौपानेलाई गृह मन्त्रालय तथा मुस्ताङका अनुप केसीलाई रौतहटको सहायक सिडिओमा सरुवा गरिएको छ।

त्यस्तै, उपसचिव झरेन्द्र चापागाईंलाई मकवानपुरको सहायक सिडिओ, नेत्रप्रसाद आचार्यलाई इप्रका चन्द्रनिगाहपुर, ज्ञाननाथ ढकाललाई इप्रका फर्पिङमा सरुवा भएको छ।