१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बालोन डी अरको सर्ट लिस्ट सार्वजनिक, मेसी र हाल्यान्ड दाबेदार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:५o:oo

गत सिजनमा युरोपियन र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रदर्शन गरेको आधारमा फिफाले बिहीबार बालोन डी अर २०२३ का लागि ३० खेलाडीको मनोनयन सार्वजनिक गरेको छ 

यसपटकको बालोन डी अर उपाधिका लागि म्यानचेस्टर सिटीका सर्वाधिक सात खेलाडी परेका छन्। गत सिजन सिटीले युरोपमा ट्रेबल उपाधि जित्दै इंग्लिस प्रिमियर लिगमा ट्रेबल गर्ने सिटी दोस्रो क्लब बनेको थियो। सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलोपटक ट्रेबल उपाधि जितेको थियो। 

यसपटक पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तिम ३० भित्र पर्न सकेनन्। उनी सन् २००३ पछि सूचीमा नपरेका हुन्। उनी पछिल्लो १५ वर्षको करिअरमा पहिलोपटक बालोन डी अरको मनोनयनमा नपरेका हुन्। 

रोनाल्डोले बालोन डी अर पाँचपटक जितेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडबाट उनले चार र एकपटक म्यानचेस्टर युनाइटेडबाट जितेका थिए। गत सिजन उनी युनाइटेड छाड्दै कीर्तिमानी रकममा साउदी पो लिगमा आबद्ध भएका थिए। फिफाले युरोपियन लिग र अन्तर्राष्ट्रिय खेलको आधारमा खेलाडी छनोट गरेको जनाएको छ। 

युरोपियन लिग खेल्ने खेलाडीहरूको बाहुल्यता रहेको सूचीमा अमेरिकाको इन्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनाका कप्तान लियोनल मेसी लगातार मनोनयनमा परेका छन्। 

गत वर्ष उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप उपाधि जितेको थियो। उनी यसपटक पनि उपाधिका प्रमुख दाबेदार मानिएका छन्। अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउन प्रमुख भूमिका निर्वाह गरेका कारण उनलाई दाबेदारका रूपमा हेरिएको हो। यसअघि उनले यो उपाधि कीर्तिमानी रूपमा सातपटक जितेका छन्। 

मेसीलाई हाल्यान्डको चुनौती 
प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीलाई तीन प्रमुख उपाधि दिलाउँदा नर्वेका स्ट्राइकर इर्लिन हाल्यान्ड मुख्य खेलाडी बनेका थिए। गत सिजनमा इंग्लिस क्लब सिटीका लागि गोलमेसिन बनेका हाल्यान्डले यसपटक बालोन डी अरमा मेसीलाई चुनौती दिन सक्ने जनाइएको छ। 

बिबिसीले हाल्यान्ड सम्भावित दाबेदार खेलाडीका रूपमा उल्लेख गरेको छ। हाल्यान्डले इंग्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए। 

गोल मात्र नभएर उनले असिस्टमा समेत प्रमुख भूमिका निर्वाह गरेका थिए। हाल्यान्डसँगै सिटीबाट जोस्को ग्वार्डियोल, केभिन डे ब्रुयने, बर्नार्डो सिल्भा, रुबेन डायस, रोड्री र जुलियन अल्भारेज मनोनयनमा परेका छन्। 

सिटीका सात गरी समग्रमा बालोन डी अरमा इंग्लिस क्लबबाट १२ खेलाडी परेका छन्। आर्सनलका साका, मार्टिन, लिभरपुलका मोहमद सलाह, म्यानचेस्टर युनाइटेडका गोलरक्षक एन्ड्रे ओनाना र आस्टोन भिल्लाका गोलरक्षक इमिलिआनो मार्टिनेज परेको बिबिसीले जनाएको छ । 

ad
ad