१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २० बुधबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १८:o७:oo

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनाको नेपाली कांग्रेसले भर्त्सना गरेको छ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न व्यक्ति र तिनको पछाडि हुन सक्ने जोसुकै व्यक्ति र समूहलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए।

आक्रमणबाट घाइते भएका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने आक्रमणमा संलग्न नुवाकोट विदुर नगरपालिका– ७ का श्याम सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ।