१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १७:५२:oo

उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु भएको विषयको छानबिनका लागि अस्पताल प्रशासनले समिति गठन गरेको छ। अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार एक सूचना जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।

दुई घन्टा कुर्दा पनि उपचार नपाएर उक्त अस्पतालको इमर्जेन्सी कक्षमै पाँच वर्षीया बालिकाको मृत्यु भएको समाचार बुधबार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो।

अस्पतालका शाखा अधिकृत डम्बरु दाहाल सदस्य सचिव र नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य रहने गरी छानबिन समिति गठन गरिएको सूचनामा उल्लेख छ। घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न समितिलाई पाँच दिनको समय दिइएको छ।