१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २० बुधबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १७:२६:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताएका छन्।

बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रस्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। पछिल्लो समय केही तत्वहरूले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै मन्त्री किराँतीले इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गरे।

‘हाम्रो साझा फूलबारीमाथि फेरि कतिपय त्यस्ता तत्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न खोजिरहेका छन्। तर, नेपाली समाजले इतिहासदेखि अहिलेसम्म प्रमाणित गरिसकेको छ– नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन,’ उनले भने।

विगतमा राजाको पालादेखि नै साम्प्रदायिकता भड्काउने काम भएको दाबी गर्दै किराँतीले नेपालको २०७२ को संविधानले आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृतिमाथि आँच पुग्नुहुँदैन भन्ने स्पष्ट पारेको उल्लेख गरे।

उनले भने, ‘साम्प्रदायिकता भड्काउने काम राजाको पालादेखि सुरु भएको हो। सेतामगुराली र अन्यको बीचमा काटाकाट गर्ने स्थिति बनाउने नाराहरू नेपालमा स्थापित बनाएका थिए।’