१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o भदौ १९ मंगलबार २१:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी आरोपमा डाक्टर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार २१:४१:oo

मकवानपुर प्रहरीले जबर्जस्ती करणीको आरोपमा मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बाट एकजना डाक्टरलाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडाैंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्गलोकमा हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका ३६ वर्षीय डाक्टर वसिम राईलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

डाक्टर राईले भदौ १८ गते राति साढे १२ बजेको समयमा ३१ वर्षीया महिलालाई आफ्नै कोठामा जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए।

ती महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर डाक्टर राईविरुद्ध दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसपी रिजालले बताए। एसपी रिजालका अनुसार पक्राउ परेका राईलाई जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएकाे छ।