१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भारतविरुद्ध नेपालको १५० रन पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:४४:oo

एसिसी एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालले एक सय ५० रन पूरा गरेको छ। 

नेपाल ३३.४ ओभरमा १५०–६ को अवस्थामा छ। दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन्। यसपछि करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीको ब्याटिङक्रम छ। 

श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ सेख अर्धशतक बनाएर आउट भएका छन्। आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन्। 

यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए। आरिफको खेल करियरकै दशौँ अर्धशतक हो। यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नवौँ अर्धशतक बनाएका छन्। 

आसिफले ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन्। सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए। आसिफले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए। एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च रन ११० हो। 

यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो। 

भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन, गुल्सन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन्। भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन्।

ad
ad