१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Sunday, 11 May, 2025
२o८o भदौ १८ सोमबार १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करिब तीन महिनापछि ताप्लेजुङ-काठमाडौं उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १२:o९:oo

काठमाडौंदेखि ताप्लेजुङको सुकेटारमा करिब तीन महिनादेखि बन्द हवाई सेवा आजदेखि पुनः सञ्चालन भएको छ। नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडाैं सुकेटार उडान सुरु गरेको हो। 

खराब मौसमलगायतका कारण देखाउँदै गत २४ जेठदेखि काठमाडौं सुकेटार उडान बन्द भएको गरिएको थियो। मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका ताप्लेजुङका प्रमुख सचिन तिवारीले बताए। लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट ६ जना यात्री ताप्लेजुङ आएका छन्। 

ताप्लेजुङबाट भने १ जना यात्री काठमाडौं गएका छन्। नेपाल एयरलाइन्सले साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने प्रमुख तिवारीले बताए । करिब १८ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ। 

यसैबीच पहिलाको भन्दा भाडादर पनि घटाइएको छ। काठमाडाैं–ताप्लेजुङको भाडा यसअघि नाै हजार ६ सय ५३ रुपैयाँ थियो। सो भाडा अहिले घटाएर आठ हजार ६ सय कायम गरिएको छ। यस्तै, ताप्लेजुङ–काठमाडौंको भाडा यसअघि नाै हजार चार सय ५३ रुपैयाँ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रुपैयाँमा झारिएको छ।