Skip This
लिखुपिके गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १७ आइतबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिखुपिके गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार १७:o६:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीनजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरेको जनाएको छ। 

निःशुल्क रूपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई ६ लाख खरिद गरेको देखाएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगोबमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए।