१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

जुम्ला जिप दुर्घटना : मृतक दुवैकाे सनाखत [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o८:oo

कनकासुन्दरी गाउँपालिका– ४ छाकुनेरामा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका दुवैजनाको सनाखत भएको छ। आइतबार बिहान जुम्लादेखि मुगु जाँदै गरेको जिप दुर्घटना भएको थियो।

सवारीधनी घटनास्थलमा पुगेपछि मृतकको सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए। 

उनका अनुसार जिप दुर्घटनामा मुगु रारा छायानाथ नगरपालिका– ५ का २८ वर्षीय अविराज कार्की र सोही वडाका २२ वर्षीय जितेन्द्र रावलको मृत्यु भएको हो। कार्की चालक र रावल सहचालक हुन्।

मृतकको शव पोस्टमार्टमका लागि मुगु जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक चन्दले बताए। भे.१ज १०९९ नम्बरको जिप सडकदेखि तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।