१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १७ आइतबार ११:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार ११:३५:oo

आइसिसी महिला टी– २० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। 

मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रंगशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो। 

यससँगै ६ अंक जोडेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहरबाइनलाई १० विकेटले हराएको थियो। 

भुटानले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जांगाेले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो। 

भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने कविता कुँवर, खुसी डंगाेल र रुबिना क्षेत्रीले समान एक–एक विकेट झारे लिए। नेपालले अब सोमबार कतारसँग खेल्नेछ।